नेपाल शिक्षक संघ राप्तीको छैटौँ स्थानीय प्रतिनिधि सभा सम्पन्न-२०८१/१०/१२

आज मिति २०८१/१०/१२ गतेका दिन नेपाल शिक्षक संघ राप्तीको छैटौँ स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ । कार्यक्रम संघका अघ्यक्ष युवराज पौडेलको अघ्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेल, विशिष्ठ अतिथिहरूमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य ओम डल्लाकोटी र रामेश्वरसिहॅ ओली, नेपाल शिक्षक सङ्घ चितवन जिल्ला अध्यक्ष इन्दीरा देवी मरहट्ठा, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष शिवराज अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का कार्यवाहक सभापति गणेश मल्ल ठकुरी हुनुहुन्थ्यो।अतिथिहरू नेपाल शिक्षक सङ्घ बागमती प्रदेश सदस्य कमल गुरुङ, नेपाल शिक्षक सङ्घ चितवनका उपाध्यक्ष भविश्वर गुरुङ, सचिव अर्थ प्रकाशचन्द्र भट्टराई, सहसचिव अच्युत प्रसाद लामिछाने त्यसैगरी नेपाल शिक्षक सङ्घ कालिका नगरका अध्यक्ष रामकृष्ण लम्साल, नेपाल शिक्षक सङ्घ जिल्ला सदस्य ठाकुर प्रसाद लामिछाने र सरस्वती पौडेल लगायत शिक्षक संघमा आबद्घ शिक्षकहरू सहभागी हुनुभएको थियो। रत्ननगर कार्यसमिति सचिव एवं सचिव अर्थ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल शिक्षक संघमा आबद्घ रहेर सेवा निवृत हुनुभएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । यस कार्यक्रमको सञ्चालन नेपाल शिक्षक सङ्घ राप्ती नगर सचिव डक प्रसाद कॅडेलले सन्चालन गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top