सम्पादकीय

देशकैसबैभन्दा शक्तिशाली र ठूलोसंख्यामा रहेकोनेपाली शिक्षकहरुको लोकतान्त्रिक पेसागत संस्था नेपाल शिक्षक सङ्घ आफ्नो स्थापना कालदेखि नै शिक्षक उन्नयन प्राज्ञिक स्वतन्त्रता हक हित र विभिन्न काल खण्डमा पेसागत मर्यादाको सीमाभित्र रहेर आन्दोलन गर्न पछि परेको छैन । शिक्षकहरुको संरक्षण सम्बद्र्धन, सेवा, सुरक्षा मर्यादा कायम राख्न सङ्घलेखले ेकोगौरवपूर्ण
भूमिका कसैबाट छिपेको छैन । शिक्षकहरुले विषयगत दक्षता र सीपलाई एकआपसमा सम्प्रेषण गरी शैक्षिक उन्नयनमा अब्बल शिक्षक देखिनुपर्ने आजको आवश्यकता छ ।

नेपाल शिक्षक सङ्घ चितवनको३१ औं प्रतिनिधि सभा पश्चात्यहाँहरुकोनिरन्तर मार्गदर्शन सदभ् ाव, सहयोग र समर्थन प्राप्तगरी एक वर्ष सफलताका साथ पुरा गरेका छौं । विभिन्न समयमा बैठक बसी निर्णयहरु गरी अविचलित रुपमा कार्यगर्दैआएका छांै । हामीले बुलेटिन मार्फत सङ्गठनात्मक गतिविधिहरु पारदर्शी र सुसूचित बनाउने प्रयत्न गरेका छौं । यस बुलेिटनमा केही सीमाहरु रहेका हुन सक्छन् यसलाई शुद्धीकरण गरी ग्रहण गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं । यहाँहरु सबैको मार्गदर्शन र पृष्ठ पोषणहरु सङ्कलन गरी समय सापेक्ष हाम्रा गतिविधिहरुलाई आगामी बुलेटिनहरुमा अझ गुणात्मक र परिष्कतृ प्रकृतिमा प्रकाशनमा ल्याउने प्रयत्न गर्ने छौं । अन्त्यमा बुलेिटन प्रकाशनमा अमूल्य सल्लाह दिनुहुने अग्रज व्यक्तित्वहरु, जिल्ला कार्यसमितिका अध्यक्ष इन्दिरादेवी महरठ्ठा सहित सबै स्थानीय कार्यसमितिका साथीहरु र प्रत्यक्ष वा परोक्षरुपमा हामीलाई सहयोग पु¥याउन हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

जय नेपाल १

सम्पादन मण्डल

Scroll to Top