आज मिति २०८१ साल फागुन ३ गते नेपाल शिक्षक संघ रत्ननगरको छैटौं स्थानीय प्रतिनिधि सभा कार्यक्रम नेपाल शिक्षक रत्ननगर कार्यसमितिका अध्यक्ष श्री दधिराम पौडेलको सभापतित्व तथा ने.का रत्ननगर का सभापति एवं नगर प्रमुख प्रलाद सापकोटाकाे प्रमुख आतिथ्यतामा सभ्य र भव्य रुपमा सम्पन्न भयाे। जसमा विशिष्ट अतिथि नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष इन्दिरा देवी मरहट्टा र नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिमा सामाजिक विकास संयोजक रत्ननगर नगरपालिका का बालकृष्ण चापागाई ,नारायण प्रसाद वाग्ले नगर शिक्षा अधिकारी, सीता शर्मा ढकाल संघीय सदस्य नेपाल ट्रेड युनियन कांग्रेस र सुमन सिलवाल शिक्षा अधिकृत रत्ननगर नगरपालिका शिक्षा शाखा| अतिथिहरूमा अध्यक्ष प्रजातान्त्रिक विचार समाज चितवन सुरेशचन्द्र आचार्य , अध्यक्ष वडा नम्बर १ कुलप्रसाद सापकोटा ,वडा नम्बर २ राजेन्द्रप्रसाद घिमिरे ,वडा नम्बर ३ सोहेन्द्रराज खरेल ,वडा नम्बर ४ रामकुमार चौधरी ,वडा नम्बर ६ किरण चौधरी ,वडा नम्बर ८ कृष्ण चौधरी ,वडा नम्बर ९ अनन्त अधिकारी, वडा नम्बर १० कलाधार पौडेल ,वडा नम्बर १४ होमनाथ राणाभाट , नेपाल शिक्षक संघ चितवन जिल्ला महिला उपाध्यक्ष राधा चाैधरी,उपाध्यक्ष भविश्वर गुरुङ,जिल्ला सचिव अर्थ प्रकाश चन्द्र भट्टराई ,सह-सचिव अचुत प्रसाद लामिछाने, सहसचिव रामचन्द्र चौधरी राजकुमार गुरुङ,जिल्ला सदस्य राजेन्द्र ढकाल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा कालिका नगर समितिका अध्यक्ष रामकृष्ण लम्सल ,भरतपुर नगर समितिका अध्यक्ष बटुकलाल तामाङ, राप्ती नगर समितिका अध्यक्ष युवराज पौडेल, खैरेहनी नगर समितिका अध्यक्ष विस्मिता ढकाल लगायत विभिन्न विधालयका प्र.अहरु, विद्यालय संयोजक र रत्ननगर शिक्षक संघमा आवद्ध शिक्षक साथीहरूकाे उपस्थिति रहेकाे थियाे। जुन कार्यक्रममा शिक्षक संघमा रहेर अहाेरात्र खटिनुहुने ९जना निर्वित्त प्रधानाध्यापक र शिक्षकहरू लाई सम्मान कार्यक्रम पनि गरिएको थियाे। कार्यक्रम सञ्चालन नेपाल शिक्षक संघ रत्ननगर का सचिव धर्मराज चालिसे गर्नुभएको थियाे। उक्त कार्यक्रममा सचिव अर्थ बलराम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
