नेपाल शिक्षक संघ इच्छाकामनाको छैटौं स्थानीय प्रतिनिधि सभा सम्पन्न, ५ माघ २०८१

आज मिति २०८१ साल माघ ५ गते नेपाल शिक्षक संघ इच्छाकामनाको छैटौं स्थानीय प्रतिनिधि सभा कार्यक्रम नेपाल शिक्षक संघ इच्छाकामना गाउँ कार्यसमितिका अध्यक्ष श्री यान बहादुर गुरुङको सभापतित्व तथा ने.का केन्द्रीय सदस्य शंखर भण्डारीको प्रमुख आतिथ्यतामा सभ्य र भव्य रुपमा सम्पन्न भयो। जसमा विशिष्ट अतिथि ने.का महासमिति सदस्य गीता कुमारी गुरुङ, विशेष अतिथि नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, ने.का इच्छाकामना सभापति कृति कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।अतिथिहरुमा नेपाल शिक्षक संघ वाग्मती प्रदेश सदस्य कमल गुरुङ, चितवन जिल्ला महिला उपाध्यक्ष राधा चौधरी, उपाध्यक्ष भविश्वर गुरुङ, जिल्ला सचिव अर्थ प्रकाश चन्द्र भट्टराई, सह-सचिव अच्युत प्रसाद लामिछाने, सहसचिव महिला तारा पौडेल, जिल्ला सदस्य ठाकुर प्रसाद लामिछाने र अनिश घिमिरे हुनुहुन्थ्यो । उक्त कार्यक्रममा ने.का जिल्ला सदस्य बिष्णु कुंवर, सावित्री पुडासैनी, नेपाली काँग्रेस युवा नेता प्रमोद हरि गुरागाइँ, नेपाल शिक्षक महासंघ इच्छाकामनाका सचिव तेज़ राज सिलवाल, नेपाल शिक्षक संघ इच्छाकामनाका पुर्व अध्यक्ष खुम प्रसाद पन्त, वडा नम्बर सातका वडा अध्यक्ष बम बहादुर थापा लगायत विभिन्न विधालयका प्र.अहरु, विद्यालय संयोजक र इच्छाकामना शिक्षक संघमा आवद्ध शिक्षक साथीहरूको उपस्थिति रहेको थियो। जुन कार्यक्रममा शिक्षक संघमा रहेर अहोरात्र खटिनुहुने ६ जना शिक्षक साथिहरुलाई सम्मान कार्यक्रम पनि गरिएको थियो। कार्यक्रम सञ्चालन नेपाल शिक्षक संघ इच्छाकामनाका सचिव सन्जिव सिलवालले गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top