आज मिति २०८१/११/०७ गतेका दिन नेपाल शिक्षक संघ माडी नगरकार्यसमिको छैटौँ स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल शिक्षक संघ माडी नगर कार्यसमितिका अघ्यक्ष टीका कुमारी खत्रीको अघ्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता, माडी नगरपालिकाका उपमेयर आदर्णिय व्यक्तित्व खेम प्रसाद महतो हुनुहुन्थ्यो। विशिष्ठ अतिथिहरूमा नेपाली कांग्रेस माडीनगर पार्टी सभापति कोमल भुषाल, नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमितिका उपाध्यक्ष भविश्वर गरुङ, नेपाल ट्रेड युनियन काङ्गेस माडी नगर कार्यसमिति अध्यक्ष शिव सुवेदी, माडी नगर ट्रेड युनियन काङ्गेस उपाध्यक्ष हीरा पौडेल, नेपाल शिक्षक सङ्घ वागमती प्रदेश प्रतिनिधि एवम् नगर कार्यसमिति उपाध्यक्ष कुलान्द भुषाल हुनुहुन्थ्यो । त्यस्तै गरि अतिथिहरुमा नेपाल शिक्षक सङ्घ चितवनका सहसचिव राजकुमार गुरुङ, जिल्ला कार्यसमिति सदस्यहरु अनिश घिमिरे र राजेन्द्र ढकालका साथमा नेपाल शिक्षक संघमा आबद्घ शिक्षकहरू सहभागी हुनुभएको थियो।कार्यक्रमको सुरुमा परिचयात्मक कार्यक्रम राखी उपस्थित सबै सहभागीहरु परिचित भई कार्यक्रम अगाडि वढाईएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश प्रतिनिधि एवम् माडी नगर कार्यसमिति उपाध्यक्ष कुलान्द भुषालले दिनुभएको थियो। यस कार्यक्रममा उहाँले हामीलाई यहाँ काम गर्न गाह्रो भएको र सङ्ख्यात्मक रुपमा सङ्गगठन सानो भएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । शिक्षकहरुवाट प्रतिनिधित्व गर्दै शेषराज वाग्लेले हामी विकटमा धेरै समय खटियर काम गरेका छौँ। सरुवामा हामीलाई उचित स्थान दिनुस् भन्नुभएको थियो। नेपाल ट्रेड युनियन काँग्रेस माडी नगर कार्यसमिति उपाध्यक्ष हीरा पौडेले शुभकामना मन्तव्य राख्दै ट्रेड युनियनमा वुद्दिजिवी वर्गमा रहेको शिक्षकको ज्ञान र कार्यशैली हामीलाई आवश्यक छ भन्दै शिक्षकहरुलाई ट्रेडयुनियन काङ्गेसले उचित स्थान दिने र दिईरहेको समेत वताउनुभयो। यस्तै गरी जिल्ला कार्यसमिति सदस्य अनिश घिमिरेले आफ्नो शुभकामना मन्तव्य राख्दै राम्रोसँग कुशल कार्यसम्पादन गर्नुस् साथमा हामी छौं काम गर्न आएका हौं मात्रै सम्झनुस् हरवखत हामी काम गरेर देखाउछौं, अहिले सरुवा प्रकृया अलिक जटिल भएको हुँदा साथिहरुमाथि परेको अप्ठ्यारोको चिन्ता समेत गर्नुभयो । यसैगरी जिल्ला कार्यसमितिको उपाध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि भविश्वर गरुङले कोहि कसैलाइ कुनै विद्यालय सङ्ग सम्वन्धित (ICT) प्राविधिक समस्या परे जुनसुकै वेला सम्झनुस् म विना शुल्क कार्यक्रमको सहजिकरण गर्नेछु भन्दै साथीहरुलाइ शिक्षक सङ्घ भित्र गोलवन्द भई काम गर्न जोड गर्दै कही कुनै अप्ठ्यारो भए सधैं जिल्ला कार्यसमिति साथमा छ भन्ने प्रण गर्नुभयो । विशिष्ट अतिथिकै रुपमा रहनुहुने नगर सभापति कोमल भुषाल ले पार्टीलाई मात्रै सम्झनुस् कुनै कुरामा पछाड़ी नहट्ने वताउदै नगरपालिका र विद्यालयमा रहँदा सिर ठाडो पारी काम गर्न उत्प्रेरित गर्दै अब छिट्टै नगर कार्यसमिति र शिक्षक सङ्घ नगर कार्यसमिति विच एक संयुक्त कार्यक्रम गरी वाँकि रहेका झिना मसिना कुराहरुलाइ मिलाउने र सङ्घलाई एकाकार गराउँछु भन्ने वचन दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम् माडी नगरपालिकाका उपमेयर खेम प्रसाद महतोले शिक्षक भई काम गर्दा र गराउदै गर्दा केही अप्ठ्यारो परेमा मेरो कार्यकक्षमा आई भन्न र कुनैपनि समयमा म एक्लै छु भन्ने महसुस नगराउने वचनवद्दता व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रमलाई समापन गर्दै अध्यक्ष टीका कुमारी खत्रीले हामी सङ्ख्यात्मक रुपमा सानो भयपनि गुणात्मक रुपमा अगाड़ी छौ भन्दै उपस्थित सवैमा धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन नेपाल शिक्षक सङ्घ माँड़ीका उपाध्यक्ष डेमा शर्माले सन्चालन गर्नुभएको थियो ।
