निवृत्त शिक्षकहरूको भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न
नेपाल शिक्षक संघ, निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागको संयोजक भविश्वर गुरूङको अध्यक्षतामा आज चितवनमा निवृत्त शिक्षकहरूको भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल शिक्षक संघ चितवनका पूर्व अध्यक्ष हरिराज पौडेल प्रमुख अतिथि रहेका थिए भने नेपाल शिक्षक संघ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठा, निवृत्त शिक्षक केन्द्रीय समितिका अध्यक्ष ध्रुवराज अर्याल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, पुर्व अध्यक्ष भुवानीप्रसाद पौडेल लगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
“We are retired but not tired.” भन्ने नारासहित आयोजित उक्त कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा उपस्थित निवृत्त शिक्षकहरूको परिचयात्मक सत्र राखिएको थियो। दोस्रो चरणमा विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य राख्दै शिक्षण पेशाको योगदान र निवृत्त शिक्षकहरूको अनुभवबारे चर्चा गरे। तेस्रो चरणमा घ्याम्पो फुटाउने र म्युजिकल चिएर जस्ता खेलहरू आयोजना गरिँदै मनोरञ्जनात्मक माहोल सिर्जना गरिएको थियो।
कार्यक्रममा नेशिसं चितवनका पूर्व सचिव प्रेमराज पौडेल, पूर्व उपाध्यक्ष पानुमाया तामाङ, जिल्ला उपाध्यक्ष राधा चौधरी, विशिष्ट अतिथिहरू शिवराज अधिकारी, मुक्ति ढकाल, भुवानीप्रसाद पौडेल, ध्रुवराज अर्याल, इन्दिरा मरहठ्ठा लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिएका थिए। भने कर्यक्रम विभागका सदस्य तथा नेपाल शिक्षक संघ जिल्ला सदस्य राजेन्द्रे ढकालले संचालन गर्नुभएको थियो ।
सो कार्यक्रममा करिब १०० जना शिक्षकहरूको उपस्थिति रहेको थियो। शिक्षक संघले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला सदस्य अनिश घिमिरेले जानकारी दिएका छन।
