नेपाल शिक्षक संघ कालिकाको सातौ स्थानीय प्रतिनिधि सभा सम्पन्न-पौष १९, २०८२

आज मिति २०८२ साल पौष १९ गते नेपाल शिक्षक संघ कालिकाको सातौ स्थानीय प्रतिनिधि सभा, शिक्षक सम्मान तथा पद हस्तान्तरण  कार्यक्रम नेपाल शिक्षक संघ कालिका नगर कार्य समितिका अध्यक्ष श्री रामकृष्ण लम्सालको सभापतित्व तथा ने. का. जिल्ला कार्यसमितिका पुर्वसभापति  तथा वर्तमान महासमिति सदस्य श्री जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सभ्य र भब्यरुपमा सम्पन्न भयो। जसमा विशिष्ट अतिथी  ने. का. वाग्मती प्र. सदस्य  कृष्ण कु. श्रेष्ठ, कालिकाका सभापति  दिपेश्वर के. सी., नेपाल शिक्षक संघ,. जि.का.स. अध्यक्ष  इन्दिरा देवि मरहठ्ठा, नेपाल शिक्षक महासंघ जि. का. स.अध्यक्ष  शिवराज अधिकारी,  ने. ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य सीता शर्मा ढकाल, कालिका न. पा. वडा न. ५ का वडाध्यक्ष दिपक ब. भट्टराई, वडा न. ७ का वडाध्यक्ष कमल राज मोक्तान, वडा न. १० का वडाध्य्क्ष नरजंग प्रजा, ने.का.जि. का. स. सहसचिव गोपाल दराई, ने. शि. संघ वाग्मती प्र. सदस्य श्री गिता न्यौपाने र श्री कमल गुरुङ  हुनुहुन्थ्यो ।उक्त कार्यक्रममा ने. शि. संघ जि.का.स.का उपाध्यक्ष द्वय राधा चौधरी र भविश्वर गुरुङ, सचिव अच्युत प्र. लामिछाने,अर्थ सचिव प्रकाश चन्द्र भट्टराई, सहसचिवहरु ठाकुर लामिछाने,रामचन्द्र महत्तो,राजकुमार गुरुङ र तारा पौड्याल, सदस्यहरु सीता कु. श्रेष्ठ, बलराम घिमिरे, अनिश घिमिरे र सरस्वती पौडेल,  ने. का. जिल्ला कार्य समितिका सदस्यहरु,  विभिन्न विद्यालयका प्र.अ. हरु लगायत कालिका नगरपालिका र चितवनका सबै पालिकाका नेपाल शिक्षक संघमा आवद्धता जनाई विभिन्न तह र तप्कामा रहनुहुने महानुभावहरुको उपस्थिति रहयो। कार्यक्रमको सञ्चालन ने. शि. संघ कालिका नगर समितिका सचिव लेखनाथ पौडेल र खाजाको व्यवस्थापन उपाध्यक्ष देवी प्र. काफ्लेले गर्नु भएको थियो। जुन कार्यक्रममा निवृत्त शिक्षक र शैक्षिक उन्नयनमा योगदान पुरयाउनु हुने  छ जना शिक्षकहरुलाई कदर र सम्मान पत्र प्रदान गरियो।

सम्मनित हुनुहुने शिक्षकहरू:-

१.प्र. अ. चन्द्र ब. गुरुङ, चतुर्मुखी मा. वि., का.न.पा.-०९

२.प्र. अ.भरत रेग्मी , जनहीत मा. वि., का.न. पा.-०३

३.प्र.अ.विश्वनाथ तामाङ, राष्ट्रिय आ. वि., छेरेवाङ, का. न.पा.-१०

४. शिक्षक शर्मिला श्रेष्ठ ,चतुर्मुखी मा. वि., का. न. पा-०९

५. शिक्षक भद्र कुमारी गुरुङ, चक्रदेवी आ. वि., का. न. पा.-०८

६.  निवृत्त शिक्षक वामदेव अधिकारी, मा. वि. रेडक्रस ग्राम, का.न.पा.-०६

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top