आज मिति २०८२ साल पौष १२ गते नेपाल शिक्षक संघ इच्छाकामनाको सातौँ स्थानीय प्रतिनिधि सभा नेपाल शिक्षक संघ इच्छाकामना गाउँ कार्यसमितिको अध्यक्ष श्री यान बहादुर गुरुङको सभापतित्व तथा ने.का महासमिति सदस्य एवम् पुर्व गा.पा अध्यक्ष गिता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा सभ्य र भव्य रुपमा सम्पन्न भयो । नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी र नेपाल शिक्षक संघ बागमति प्रदेश सदस्य कमल गुरुङ विशिष्ट अतिथि हुनुहुन्थ्यो । अतिथिहरुमा ट्रेडयुनियन काँग्रेस केन्द्रिय सदस्य सिता शर्मा ढकाल, महिला उपाध्यक्ष राधा चौधरी, उपाध्यक्ष भविश्वर गुरुङ, सचिव अच्युत प्रसाद लामिछाने, सहसचिव ठाकुर प्रसाद लामिछाने, सहसचिव महिला तारा पौडेल, महासंघ संस्थागत सहसचिव कृष्ण अर्याल, सल्लहाकार सदस्य शेसकान्त रेग्मी, ने.का जिल्ला सदस्य बिष्णु कुंवर र सावित्री पुडासैनी, ने.का इच्छाकामनाका सचिव हिरा गुरुङ, ने.का इच्छाकामना वडा नं ५ सभापति राजेन्द्र त्रिपाठी, महासंघ इच्छाकमनाका उपाध्यक्ष शंकर सिलवाल र महासंघ इच्छाकमनाका सचिव तेजराज सिलवाल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नेपाल शिक्षक संघ इच्छाकामनाका पुर्व अध्यक्ष खुम प्रसाद पन्त, शिक्षक संघमा आवद्ध संवद्ध विधालयका प्र.अहरु, विद्यालय संयोजक र शिक्षक साथीहरूको उपस्थिति रहेको थियो। जुन कार्यक्रममा काठमाण्डौ विश्वविद्यालय बाट अंग्रेजी भाषा शिक्षामा दर्शनाचार्य गर्ने ने.शि.सं चितवनका उपाध्यक्ष भविश्वर गुरुङ, निवृत शिक्षक खुम प्रसाद पन्त लगायत शिक्षक संघमा रहेर अहोरात्र खटिनुहुने ७ जना शिक्षक र स्थायी शिक्षक नियुक्ति भइ सेवासुरु गर्ने ३ जना शिक्षक साथिहरुलाई सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालन नेपाल शिक्षक संघ इच्छाकामनाका सचिव लव पुरीले गर्नुभएको थियो भने खाजा व्यवस्थापन ने.का इच्छाकामनाका सचिव हिरा गुरुङले गर्नुभएको थियो ।
१. भविश्वर गुरूङ = दर्शनाचार्य विशिष्ट श्रेणीमा उतिर्ण
२. खुम प्रसाख पन्त = निवृत शिक्षक
३ रत्न गौतम = शिक्षक सङघ सबलीकरण
४. कृष्णप्रसाद घिमिरे =शिक्षक सङघ सबलीकरण
५. गौरीशङकर कुशवाह=शिक्षक सङघ सबलीकरण
६. विष्णुप्रसाद अधिकारी =शिक्षक सङघ सबलीकरण
७. भावना खनिया=शिक्षक सङघ सबलीकरण
८. सर्मिला गुरुङ =शिक्षक सङघ सबलीकरण
९. कृष्णा श्रेष्ठ =शिक्षक सङघ सबलीकरण
१०. अभिनास तामाङ = शिक्षक सङघ सबलीकरण
११.रिता सुनुवार =स्थायी शिक्षक नियुक्ति र सेवासुरु
१२. लव पुरी =स्थायी शिक्षक नियुक्ति र सेवासुरु
