नेपाल शिक्षक संघ राप्तीको सातौं स्थानीय प्रतिनिधि सभा सम्पन्न, १२पौष २०८२

आज मिति २०८२ साल पौष १२ गते नेपाल शिक्षक संघ राप्तीको सातौँ स्थानीय प्रतिनिधि सभा नेपाल शिक्षक संघ राप्ती नगर कार्यसमितिका अध्यक्ष श्री युवराज पौडेलको सभापतित्व तथा नेपाल शिक्षक सङ्घ जिल्ला अध्यक्ष ईन्दिरा मरहठ्ठाको प्रमुख आतिथ्यतामा सभ्य र भव्य रुपमा सम्पन्न भयो। नेपाली काङ्ग्रेस माहासमिति सदस्य राजेन्द्रप्रसाद वुर्लाकोटी,नेपाल शिक्षक सङ्घ पुर्व अध्यक्षहरु हरीराज पौडेल र भुवानी पौडेल,शिक्षक सङ्घ वागमती प्रदेश सदस्य गीता न्यौपाने विशिष्ट अतिथि हुनुहुन्थ्यो । अतिथिहरुमा शिक्षक सङ्घ जिल्ला कार्य समिति सचिव अर्थ प्रकाशचन्द्र भट्टराई, माहाधिवेशन प्रतिनिधि शारदा खनाल,ने.का. राप्ती नगर कमिटि वडा नं १ सभापति काशिराम चालिसे, नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सह सचिव राजकुमार गुरुङ र रामचन्द्र महतो, जिल्ला सदस्य सुर्यकला गैरे, रत्ननगर नगरपालिका अध्यक्ष दधिराम पौडेल, कालिका नगर अध्यक्ष रामकृष्ण लम्साल, ज्ञानविज्ञान साकोस अध्यक्ष रमेश खनाल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नेपाल शिक्षक संघ राप्तिका उपाध्यक्ष राजेन्द्रप्रसाद न्यौपानेले स्वागत मन्त्व्य राख्दै शिक्षकलाई परेको सरुवामा अप्ठ्यारो बारे धारणा व्यक्त गर्नुभएको थियो । वक्ताहरुमा रमेश खनाल ज्ञानविज्ञान साकोस अध्यक्ष समेत रहनुभऐकाले उहाले सहकारी र यसको भुमिका साथै सदस्य थप गर्ने विषयमा आवाज उठाउनुभएको थियो । शिक्षक संघमा आवद्ध संवद्ध विद्यालयका प्र.अ. हरु, विद्यालय संयोजक र शिक्षक साथीहरूको उपस्थिति समेत उक्त कार्यक्रममा थियो । जुन कार्यक्रम सञ्चालन नेपाल शिक्षक संघ राप्तिका शिक्षक रामेश्वर सिंह अो लीले गर्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष र सचिव अर्थको आर्थिक प्रतिवेदन पारित गर्नुका साथ‌ै उपस्थित सवै विशिष्ट अतिथि, अतिथि र शिक्षकहरु विचमा अन्तरकृया कार्यक्रम समेत चलेको थियो । खाजा व्यवस्थापनमा नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सदस्य समेत रहनुभएको सरस्वती पौडेलका साथमा राप्ति कार्यसमितिका शिक्षक साथिहरुले गर्नुभएको थियो । शिक्षक सम्मान कार्यक्रम :- १.सीता डल्लाकोटी – निवृत्त शिक्षक सम्मान

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top