नेपाल शिक्षक संघ, महिला विभाग चितवनको कार्यक्रम – २०८२/०४/३०

नेपाल शिक्षक संघ चितवनका उपाध्यक्ष तथा विभागका संयोजक राधा कुमारी चौधरीको अध्यक्षतामा र भरतपुर महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलको प्रमुख आतिथ्यतामा नेपाल शिक्षक संघ चितवन, महिला विभागले मिति २०८२/०४/३० गते हरितालिका तीज २०८२ को शुभकामना आदान प्रदान तथा सबै स्थानीय तहका १८ जना महिला प्रधानाध्यापकहरुलाई सम्मान गर्ने कार्यक्रम सु सम्पन्न गरेको छ । नेपाली काँग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा र नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, भमनपा १० का वडा अध्यक्ष परमेश्वर खनाल, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य सिता शर्मा ढकाल बिशिष्ट अतिथि रहनु भएको थियो भने अतिथिमा नेपाल शिक्षक संघ बागमति प्रदेश सदस्य कमल गुरुङ, नेपाल शिक्षक संघ राष्ट्रीय समितिका पुर्व उपमहासचिव अर्थ प्रेम प्रसाद पौडेल, नेपाल शिक्षक संघ चितवनका पूर्व अध्यक्ष हरिराज पौडेल, नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष कोमलनाथ घिमिरे तथा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य देवकी गौतम हुनुहुन्थ्यो । लगभग २०० जनाको उपस्थिति रहेको कार्यक्रमलाई विभागका सदस्य तथा नेपाल शिक्षक संघ चितवनका सहसचिव अर्थ एण्डिला रिजालले स्वागत मन्तव्य दिनुभएको थियो भने ने. शि. सं. चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, भमनपा १० का वडा अध्यक्ष परमेश्वर खनाल, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य सिता शर्मा ढकाल, नेपाल शिक्षक संघ राष्ट्रीय समितिका पुर्व उपमहासचिव अर्थ प्रेम प्रसाद पौडेल, नेपाल शिक्षक संघ चितवनका पूर्व अध्यक्ष हरिराज पौडेल, नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष कोमलनाथ घिमिरे, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य देवकी गौतम, प्रधानाध्यापकहरुको तर्फबाट मावि इन्द्रपुरीका प्रअ शान्ति अधिकारीले शुभकामना मन्तव्य दिनुभएको थियो। विभागका सचिव तारा पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने नेपाल शिक्षक संघ चितवनका सचिव अच्युत प्रसाद लामिछानेले कार्यक्रम समापन गर्नुभएको थियो ।

सम्मनित हुनुहुने महिला प्रधानाध्यपकहरु तपशिल बमोजिम रहेका छन्।

१. शान्ति अधिकारी

२. कुष्मा कुमारी पन्त

३. कमला पौडेल

४. रीता दवाडी

५. ईश्वरी बास्तोला

६. अस्मिता तिवारी

७. शान्ता अधिकारी

८. यशोधा बढु

९. गीता न्यौपाने

१०. कमला देवकोटा

११. विमला खनियाँ

१२. दुर्गा पुरी

१३. अभ्बिका खनाल

१४. अम्बिका खडका

१५. नेत्र कुमारी जोशी

१६. सीता पन्त

१७. तारा गुरुङ

१८. राधा कुमारी चौधरी

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top