Message from Chairperson

लोकतान्त्रिक मूल्य, मान्यता, मानव अधिकार, सामाजिक न्याय, पेसागत सुरक्षा र गुणस्तरीय शिक्षा जस्ता आदर्शहरुलाई आत्मसात् गर्दै २०४७ सालमा स्थापना भएको लोकतन्त्रवादी शिक्षकहरुको एक मात्र पेसागत सङ्गठन नेपाल शिक्षक सङ्घको नामले परिचीत हुन पाउँदा हामी सबैलाई गर्वानुभूति भएको छ। स्थापन कालदेखि नै मूलतः पेसागत हकहित र सुरक्षा, विद्यार्थी र अभिभावकको हित, शिक्षा र सामाजिक दायित्वमा दृढताका साथ क्रियाशील रहदै आएको मुलुकको सबैखाले लोकतान्त्रिक आन्दालोनहरुमा नेपाल शिक्षकसङ्घको अतुलनीय भूमिका नेपालको शैक्षिक एवं पेसागत आन्दोलनको इतिहासमा स्वर्णीम अक्षरले लेखाङ्कीत भएकोछ । शिक्षक किताबखानाको व्यवस्था, निजामती सरह शिक्षकलाई औषधी उपचार, बीमा र पेन्सनको व्यवस्था, अस्थायी शिक्षकहरुका लागि गोल्डेन हेण्ड सेक तथा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था, शिक्षक सेवा आयोगको प्रबन्ध, शिक्षकको बढूवा सम्बन्धी व्यवस्था जस्ता थुप्रै विषयहरु हाम्रा आन्दोलनका उपलब्धीहरु यहाँहरु माझ घामजस्तै छर्लङ्ग रहेको छ । हामी आस्था र रङ्ग विशेषका आधारमा कहिल्यै प्रभावमा परेनौं, आदर्श र मान्यता विपरित कहिल्यै सम्झौतामा गएनौं । यिनै अविचलित आस्था, दृढता र दृष्टिकोणका कारणहरुले हामी आज पनि यो मुलुकको सशक्त पेसागत संगठनको रुपमा स्थापित हुन सफल भएका छौं । यहाँहरुको विश्वास र अविश्रान्त समर्पणकै कारण हाम्रोशिर उच्च रहिरहेकोछ । सङ्घीय गणतान्त्रिक संविधान अनुरुप तिनै तहमा नयाँ सरकारहरु निर्वाचित भई संचालनमा छन् । हाम्रो अपेक्षा अनुसारको राज्य संचालन सुखद् नभइ रहेको वर्तमान परिवेशमा पेसागत र ट्रेडयुनियन आन्दोलन कमजोर पार्ने प्रयत्न रहेको वर्तमान अवस्थामा पेसागत संगठनलाई जीवन्त राख्नु चुनौतीपूर्ण छ । हरेक चुनौतीले नयाँ अवसरहरुको सम्भावना रेखाङ्कीत गरेको हुन्छ। यस्ता अवसरहरुको प्राप्ति र उपयोग  तपाईहरुको क्रियाशिलता र संगठनप्रतिको उच्च लगावबाट मात्रै सम्भव छ । सवल र सशक्त संगठन निर्माणका लागि पदीय मर्यादा र सङ्घीय
अनुशासन महत्वपूर्ण मानिन्छ । यी कुराहरु प्रति ९ औं जिल्ला अधिवेसनबाट स्थापित वर्तमानको हाम्रो नेतृत्व अत्यन्त सचेत रहेको छ । सामूहिक नेतृत्वको जगमा सङ्गठनलाई शसक्त र सिर्जनशील बनाई संस्थागत मूल्य मान्यता स्थापित गर्दै, पारदर्शिता र जवाफदेिहताको प्रणका साथ अघि वढ्ने प्रयत्न गरेका छौं । स्थानीय समितिलाई सशक्त बनाउन हरसम्भव प्रयत्नशील रहेका छौं ।

व्यक्ति सम्पूर्ण हाइन, औपचारिक कार्य विभाजनले पदमा व्यक्ति स्थापित भएकोहुन्छ । हामी त्यसैको उपज हौं । यस सस्थाको आस्था, विश्वास र भरोसा भनेकै यहाँहरु हुनुहुन्छ । हिजोको हाम्रो इतिहास, आजको हाम्रो क्रियाशीलता र भोलिको हाम्रो गन्तव्य एक आपसमा अन्तर समन्वित रहिरहनु पर्दछ । अतः उच्च समर्पण र अथक सक्रियता हाम्रा लागि सदैव उर्जाशील तथा उत्प्रेरणात्मक रहनेछन् भन्दै यहाहँरु सबैलाई त्यस तर्फ मुखरित रहने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

हिमाल, पहाड र तराई जस्तो भिन्न भौगोलिक बनावट र फरक फरक सामाजिक, सास्कृतिक रितिरिवाज, भाषा अनि जातजातिहरुलाई प्रतिनिधित्व गर्दै देश भरिका शिक्षकहरुलाई हामी शिक्षक सङ्घ भन्ने भावनाले जोड्न सफल नेपाल शिक्षक सङ्घका संस्थापक अध्यक्ष आदरणीय देवेन्द्र प्रसाद उपाध्याय एवम् सम्पूर्ण शिक्षक नेताहरु प्रति नेपाल शिक्षक सङ्घ चितवनको तर्फबाट उच्च सम्मान व्यक्त गर्न चाहान्छु ।   जय नेपाल

 

इन्दिरादेवी मरहठ्ठा
अध्यक्ष

Scroll to Top