आदरणीय प्रमुख अतिथि नेपाल सरकारका पूर्व उप–प्रधानमन्त्री एवम् माननीय प्रकाशमान श्रेष्ठज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु एवम् नेपाल शिक्षक सङ्घ चितवनको ३२ औं जिल्ला प्रतिनिधि सभालाई भव्य एवम् सभ्य रुपमा सफल पार्न हाम्रो निमन्त्रणालाई स्वीकार गरी आउनुहुने नेपाल शिक्षक सङ्घ चितवनका सम्पूर्ण विशिष्ट, कर्मठ एवम् साधारण सदस्यज्यूहरुमा जय नेपाल ।
लोकतान्त्रिक मूल्य, मान्यता, मानव अधिकार, सामाजिक न्याय, पेसागत सुरक्षा र गुणस्तरीय शिक्षा जस्ता आदर्शहरुलाई आत्मसात् गर्दै २०४७ सालमा स्थापना भएको लोकतन्त्रवादी शिक्षकहरुको एक मात्र पेसागत सङ्गठन नेपाल शिक्षक सङ्घको नामले परिचीत हुन पाउँदा हामी सबैलाई गर्वानुभूति भएको छ। स्थापन कालदेखि नै मूलतः पेसागत हकहित र सुरक्षा, विद्यार्थी र अभिभावक हित, शिक्षा र सामाजिक दायित्वमा दृढताका साथ क्रियाशील रहदै आएको मुलुकको सबैखालेलोकतान्त्रिकआन्दाले नहरुमा नेपाल शिक्षकसङ्घकोअतुलनीय भूमिका नेपालको शैक्षिक एवं पेसागत आन्दोलनको इतिहासमा स्वर्णीम अक्षरले लेखाङ्कीत भएकोछ । शिक्षक किताबखानाकोव्यवस्था, निजामती सरह शिक्षकलाई औषधी उपचार, बीमा र पेन्सनको व्यवस्था, अस्थायी शिक्षकहरुका लागि गोल्डेन हेण्ड सेक तथा आन्तरिक प्रतिस्पधार्क ो व्यवस्था, शिक्षक सवे ा आयोगको प्रबन्ध, शिक्षकको बढूवा सम्बन्धी व्यवस्था जस्ता थुप्रैविषयहरु हामा्र आन्दोलनका उपलब्धीहरु यहाँहरु माझ घामजस्तै छर्लङ्ग रहेको छ । हामी आस्था र रङ्ग विशेषका आधारमा कहिल्यै प्रभावमा परेनौं, आदर्श र मान्यता विपरित कहिल्यै सम्झौतामा गएनौं । यिनै अविचलित आस्था, दृढता र दृष्टिकोणका कारणहरुले हामी आज पनि यो मुलुकको सशक्त पेसागत संगठनकोरुपमा स्थापित हुन सफल भएका छौं । यहाँहरुको विश्वास र अविश्रान्त समर्पणकैकारण हाम्रोशिर उच्च रहिरहेकोछ । अतः स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा संस्थाको बृहत्तर हितमा लाग्नुहुने पूर्व अध्यक्ष एवं सम्पूर्ण अग्रज नेत्तृत्वहरु प्रति ३२ आंैप्रतिनिधि सभाकोयस अवसरमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। चितवनका केशवप्रसाद न्यापौने र लमजुङका मुक्तिनाथ अधिकारी लगायत सबै८४ जना सहिद शिक्षकहरु प्रति श्रद्वासमु न अर्पण गर्दछु।
आदरणीय साथीहरु,
सङ्घीय गणतान्त्रिक संविधान अनुरुप तिनै तहमा नयाँ सरकारहरु निर्वाचित भई संचालनमा छन् । हाम्रो अपेक्षा अनुसारको राज्य संचालन सुखद् नभइ रहेको वर्तमान परिवेशमा पेसागत र ट्रेडयुनियन आन्दोलन कमजोर पार्ने प्रयत्न ैरहेको वर्तमान अवस्थामा पेसागत संगठनलाई जीवन्त राख्नु चुनौतीपूर्ण छ । हरेक चुनौतीले नयाँ अवसरहरुको सम्भावना रेखाङ्कीत गरेको हुन्छ। यस्ता अवसरहरुको प्राप्ति र उपयोग तपाईहरुको क्रियाशिलता र संगठनप्रतिको उच्च लगावबाट मात्रै सम्भव छ । सवल र सशक्त संगठन निर्माणका लागि पदीय मर्यादा र सङ्घीय
अनुशासन महत्वपूर्ण मानिन्छ । यी कुराहरु प्रति ९ औं जिल्ला अधिवेसनबाट स्थापित वर्तमानको हाम्रो नेतृत्व अत्यन्त सचेत रहेको छ । सामूहिक नेतृत्वको जगमा सङ्गठनलाई शसक्त र सिर्जनशील बनाई संस्थागत मल्ूय मान्यता स्थापित गर्दै, पारदर्शिता र जवाफदेिहताको प्रणका साथ अघि वढ्ने प्रयत्न गरेका छौं । स्थानीयसमितिलाई सशक्क्त बनाउन हरसम्भव प्रयत्नशील रहेका छौं । समयमै पाचौं स्थानीय
प्रतिनिधि सभाहरु सम्पन्न गर्न सफल रहनु भएका सबै स्थानीय तहका स्थानीय ने तृत्वहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।
मुलुकको पेसागत आन्दोलनमा होस्या लोकतान्त्रिक आन्दोलनमा, सबैखाले चुनौतीहरुकोसामना गर्देैतपाई आदरणीय साथीहरुबाट निर्वाह भइ आएका भूमिकाहरु अतुलनीय र अविस्मरणीय रहेका छन्। तपाँईसाथिहरुकोसशक्त उपस्थिति र जुझारुपन कैकारण नेपाल शिक्षक सङ्घकोजीवन्त बनेकोछ । नजिकिदैगइरहेकोनेपाल शिक्षक महासङ्घ चितवनकोनयाँर सवल नेतृत्वकोलागि समेत यहाँहरुक भूमिका थप सशक्त हुनेकरुामा आशावादी रहेका छौं । हाम्रोगन्तब्य यहाहँरुकोसहयागे , समर्थन र दरिलो
उपस्थितिबाट मात्र पूर्ण हुन सक्दछ ।
व्यक्ति सम्पूर्ण हाइे न, औपचारिक कार्य विभाजनले पदमा व्यक्ति स्थापित भएकोहुन्छ । हामी त्यसैको उपज हौं। यस सस्ं थाको आस्था, विश्वास र भरोसा भनेकै यहाँहरु हुनुहुन्छ । हिजोको हाम्रो इतिहास, आजको हाम्रो क्रियाशीलता र भोलिको हाम्रो गन्तव्य एक आपसमा अन्तर समन्वित रहीरहनु पर्दछ । अतः उच्च समर्पण र अथक सक्रियता हाम्रा लागि सदैव उर्जाशील तथा उत्प्रेरणात्मक रहनेछन् भन्दैयहाहँरु सबैलाई त्यस तर्फ मुखरित रहने प्रेरणा मिलोस्भन्नेशुभकामना व्यक्त गर्दछु ।
हिमाल, पहाड र तराई जस्तो भिन्न भौगोलिक बनावट र फरक फरक सामाजिक, सास्कृतिक रितिरिवाज, भाषा अनि जातजातिहरुलाई प्रतिनिधित्व गर्दै देश भरिका शिक्षकहरुलाई हामी शिक्षक सङ्घ भन्ने भावनाले जोड्न सफल नेपाल शिक्षक सङ्घका संस्थापक अध्यक्ष आदरणीय देवेन्द्र प्रसाद उपाध्याय एवम् सम्पूर्ण शिक्षक नेताहरु प्रति नेपाल शिक्षक सङ्घ चितवनको तर्फबाट उच्च सम्मान व्यक्त गर्न चाहान्छु। नेपाल शिक्षक महासङ्घको आब्हानमा भएको स्थानीय तह, जिल्ला तह, प्रदेश तहकोशिक्षक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सघं ीय तह काठमाण्डौमा असोज ३ देखि ५ सम्म भएको बृहत शिक्षक आन्दोलनमा चितवन जिल्लाबाट नेपाल शिक्षक सङ्घको नेतृत्वमा शिक्षकहरुको उपस्थिती गराई आन्दोलनलाई निणार्य क मोडमा पु¥याउनेकार्यमा अग्रणी भूमिका खेलेकोकुरा पनि यो सम्मानित सभामा स्मरण गराउन चाहान्छु।
यिनै परिस्थिति बिच आज ३२ औं जिल्ला प्रतिनिधि सभाको बुलेटिन प्रकाशन गरिएको छ । अथक परिश्रम र मिहेनतका साथ बुलेटिन प्रकाशनमा लाग्नु हुने उपाध्यक्ष भविश्वर गुरुङ्ग लगायत प्रकाशन समितिमा रहनुहुने सम्पूर्ण सहयागे ी साथीहरु प्रति हार्दिक धन्यवाद दिन चाहन्छु । ३२ आंै जिल्ला प्रतिनिधि सभा सफल तुल्याउन विभिन्न उपसमितिको जिम्मवोरीमा रहेर कार्य सम्पादन गर्नुहुने संयोजक तथा सदस्य साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । बदलिदो पेसागत सौदाबाजीकोचुनौतीपूर्ण परिवेशमा सबैस्थानीय निकायहरुमा शैिक्षक व्यवस्थापन र सबल नेतृत्व लिन यहाँहरु अझ वढी लाग्नुहुनेछ भन्नेविश्वासका साथ समूर्णसाथीहरुमा शुभकामना व्यक्त गर्न चाहान्छु । धन्यवाद ।
जय नेपाल १
इन्दिरादेवी मरहठ्ठा
अध्यक्ष
