नेपाल शिक्षक संघ कालिकाको छैटौँ प्रतिनिधि सभा – २०८१/०९/२०

आज मिति २०८१ साल पौष २० गते नेपाल शिक्षक संघ कालिकाको छैटौं स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम नेपाल शिक्षक संघ कालिका नगर कार्य समितिका अध्यक्ष श्री राम्कृष्ण लम्सालको सभापतित्व तथा ने. का. जिल्ला कार्यसमितिका सचिव श्री धुर्व राज पोखरेलको प्रमुख आतिथ्यतामा सभ्य र भब्य रुपमा सम्पन्न भयो। जसमा विशिष्ट अतिथी नेपाल शिक्षक संघ, चितवनका अध्यक्ष श्री इन्दिरा देवि मरहठ्ठा, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष श्री शिवराज अधिकारी र ने. ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य सीता शर्मा ढकाल हुनुहुन्थ्यो । अतिथिहरुमा नेपाल शिक्षक संघ,बागमति प्रदेश सदस्य कमल गुरुङ, गिता न्यौपाने, नेपाल शिक्षक संघ चितवनका उपाध्यक्ष भविश्वर गुरुङ, सचिव अर्थ प्रकाश भट्टराई, सहसचिवहरु अच्युत प्रसाद लामिछाने, रामचन्द्र महोत्व, तारा पौडेल र जिल्ला सदस्यहरु ठाकुर प्रसाद लामिछाने, अनिस घिमिरे र सिता श्रेष्ठ  हुनुहुन्थ्यो ।उक्त कार्यक्रममा ने.का. पूर्व महासमिति सदस्य कमल आचार्य, का. न.पा. नगर कार्य समिति सभापति श्री दिपेश्वर के.सी, ने. का. जिल्ला कार्य समितिका सदस्यहरु, कालिकाका वडाध्यक्षहरु, नेपाल शिक्षक संघ चितवनका पुर्व सचिव, नेशिसं कालिकाका पुर्व अध्यक्ष लगायत  विभिन्न विद्यालयका प्र.अ. हरु, कालिका नगरपालिका र अन्य पालिकाका नेपाल शिक्षक संघमा आवद्ध महानुभावहरुको उपस्थिति रहेको थियो। जुन कार्यक्रममा निवृत्त शिक्षक र शैक्षिक उन्नयनमा योगदान पुरयाउनु हुने शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता राष्ट्रिय पुरस्कार बिजेता चतुर्मुखि माविका शिक्षक सिता कुमारी श्रेष्ठ लगायत आठजना शिक्षकहरुलाई कदर र सम्मान पत्र प्रदान गरियो। कार्यक्रम सञ्चालन नेपाल शिक्षक संघ कालिकाका सचिव लेखनाथ पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top