नेपाल शिक्षक संघ चितवन, निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभाग द्वारा आयोजित प्रथम निवृत्त शिक्षक भेला -२०८१

“प्रथम निवृत्त शिक्षक भेला -२०८१ मा उमंग र ऊर्जा”

नेपाल शिक्षक संघ चितवन, निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागको आयोजनामा निवृत्त शिक्षकहरूको प्रथम भेला शिक्षक संघको सभा हलमा सम्पन्न भएको छ। विभागका संयोजक एवम् जिल्ला कार्यसमिति चितवनका उपाध्यक्ष  भविश्वर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमले शिक्षकहरूको योगदानको सम्मान गर्दै नयाँ ऊर्जा र उत्साह थप्ने प्रयास गरेको हो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल शिक्षक संघ, बागमती प्रदेशका अध्यक्ष दीपक सिंखडा हुनुहुन्थ्यो भने विशिष्ट अतिथि नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा थिइन्। अन्य अतिथिहरूमा बागमती प्रदेश सदस्य कमल गुरुङ, पूर्व अध्यक्षहरू भुवानीप्रसाद पौडेल, हरिराज पौडेल, नारायण चालिसे, र निवृत शिक्षक तथा पूर्व गापा अध्यक्ष गीता गुरुङ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महिला उपाध्यक्ष राधा चौधरी, सचिव अर्थ प्रकाश भट्टराई र पुर्व सचिव प्रेम राज पौडेल  पनि  उपस्थिति रहेको थियो ।

“हामी निवृत्त भएका छौं, तर थाकेका छैनौं” भन्ने नारा गुञ्जिएको कार्यक्रममा ८० जना भन्दा बढी निवृत्त शिक्षकहरूको सहभागिता रहेको थियो ।   कार्यक्रममा सहभागीहरूले निवृत्त भए पनि शिक्षण क्षेत्रमा आफ्नो अनुभव र योगदानले अझै पनि अर्थ राख्ने विश्वास व्यक्त गरे।

भेलाले हरेक वर्ष निवृत्त शिक्षकहरूको सहभागितामा विशेष कार्यक्रम गर्ने निर्णय गर्दै यस वर्षको लागि स्थानिय प्रतिनिधि सभा र जिल्ला प्रतिनिधि सभा सकिए पछि २०८१ मा बनभोज आयोजना गर्ने र २०८२ सालमा धार्मिक क्षेत्रको भ्रमण गराउने सहमति जनाएको छ। कार्यक्रमले निवृत्त शिक्षकहरूलाई एकताको भावनामा बाँध्दै नयाँ प्रेरणा दिने काम गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top